दार्जिलिङ: पद्मसम्भव बुद्धिष्ट लामा एसोसिएशनको तत्ववधानमा दार्जिलिङको एक निजी रिसोर्टमा खेम्पो पासाङ दावाको अध्यक्षतामा एउटा कार्यक्रम सम्पन्न भएको थियो। पासाङ लक्की शेर्पाले सञ्चालन गरेको यस कार्यक्रममा गत दिनाङ्क २६, २७ अनि २८ जुलाईको दिन दार्जिलिङको क्यापिटल हलमा सम्पन्न भएको तीन दिवसीय धार्मिक अनुष्ठानमा सहयोग गर्ने १४ जना कोर्डिनेटरहरूलाई सम्मान जनाइएको थियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा लामा रामलाल उपस्थित रहेका थिए भने लोपेन लिङग्योरले स्वागत सम्भाषण राखेका थिए।

कार्यक्रममा ढेण्डुप शेर्पा, तेन्जिङ शेर्पा, सेन्डुप डुक्पा, अनिल राई, याङजी डोमा, संगीता तामाङ, पेम्बा लामा, उद्धन राईले पनि वक्तव्य राखेका थिए। यसै कार्यक्रममा दार्जिलिङमा सम्पन्न तीन दिवसीय धार्मिक अनुष्ठानमा सहयोग गर्ने १४ जना कोर्डिनेटरहरूलाई सम्मान जनाइएको थियो।