लियोनल मेस्सीको टीम इण्टर मियामी फाइनलमा

IMG-20230824-WA0286.jpg

२४ अगस्तः स्टार फूटबलर लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनको दममा एक समय 2 गोलले पछि रहे पनि असाधारण पुनरागमन गर्दै इण्टर मियामीले मेजर लीग सकर (एमएलएस)-को शीर्षमा रहने टीम एफसी सिनसिनाटीलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गरी यूएस ओपन कप फूटबल टुर्नामेण्टको फाइनलमा स्थान बनायो। मेस्सीले म्याचमा दुईवटा महत्त्वपूर्ण एसिस्ट गरे। यसको साथमा उनले पेनल्टी शूटआउटमा पनि गोलीलाई नेटमा हाले। म्याचमा इण्टर मियामीले शुरुमै २ गोल खायो। लुसियानो एकोस्टाले १८औं र ब्राण्डन भास्क्वेजले ५३औं मिनटमा गोल गरी सिनसिनाटीलाई बढ़त दिलाए। त्यसपछि मेस्सीको एसिस्टम लिओनार्डो काम्पानाले पहिला ६८औं अनि पछिबाट स्टपेज टाइमको सातौं मिनटमा गोल गरी इण्टर मियामीलाई २-२-को बराबरीमा पुऱ्याए। त्यसपछि अतिरिक्त समयको खेलमा जोसेफ मार्टिनेजले ९३औं मिनटमा इण्टर मियामीलाई बढ़त दिलाए तर युया कुबोले ११४औं मिनटमा सिनसनाटीको तर्फबाट गोल गरी स्कोर ३-३-को बराबरीमा पुऱ्याए। त्यसपछि नतीजा हासिल गर्न पेनल्टी शूटआउटको सहारा लिइयो, जसा इण्टर मियामीले जीत हासिल गऱ्यो। इण्टर मियामीले अब २७ सेप्टेम्बरमा खेलिने फाइनलमा ह्यूस्टन डायनामोको चुनौती स्वीकार्नेछ, जसले अन्य एउटा सेमिफाइनलमा रियल सल्ट लेकलाई ३-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement