दार्जीलिङ: हेल्प लाइनको मांग गर्दै हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले सिलगढी पुलिस कमिशनर अखिलेश कुमार चतुर्बेदीलाई पत्र लेखेका छन्। गत केही दिन अघि सिलगढीमा एक गोर्खा नाबालिकाको निर्मम हत्याको घटनाले सिलगढीमा बसोबासो गर्ने हाम्रो मानिसहरूले असुरक्षित रहेको अनुभव गरीरहेको छ। त्यसकारण सिलगढी क्षेत्रमा बसोबासो गर्ने गोर्खा समुदायको सुरक्षाको निम्ति एक छुट्टै हेल्प लाइन नम्बर जारी गरिनु पर्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले सिलगढी पुलिस कमिशनर अखिलेश कुमार चतुर्बेदीलाइ आज पत्रचार गरेको छ। पत्रमा अध्यक्ष एंव सभासद अजय एडवाडर्सले दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक अनि सिक्किम आदि क्षेत्रका मानिसहरू सिलगढीमा शिक्षा हाँसिल गर्न, स्वास्थ्य उपचार गर्न आउने गर्छन् अनि त्यही विषयहरूको कारणले गर्दा सिलगढीमा बस्न रूँचाउने गरेको छ। तर भर्खरै घटेको घटनाले सिलगढीमा बसोबासो गर्दै आईरहेको पहाडवासी गोर्खा समुदायले आफुले आफुहरूलाई असुरक्षितको अनुभव गरिरहेको छ। स्मरण रहोस् विगतका दिनहरूमा पनि यस्तो थुप्रै घटनाहरू घट्दै आईरहेको हुनाले सिलगढी पुलिसले गोर्खा समुदायहरूको सुरक्षा हेतु छुटटै हेल्प लाइन नम्बर जारी गरिनु पर्ने मांग अध्यक्ष एडवाडर्सले गरेको छ। गत केही दिन अघि घटेको घटनामाथि सिलगढी पुलिसले अविलम्ब जाँच पूरा गरेर पिडित परिवारलाई न्याय दिने हाम्रो पार्टी अध्यक्ष एडवाडर्सले मांग गरेको छ।