छात्रा हत्या काण्डको विरोधमा आव्हान् गरिएको बन्दलाई राज्यको सत्तासीन दल तृणमूलले जब्बरजस्ती खोल्ने प्रयास गरिएको घटना एकदमै निन्दनीय: सञ्जीव लामा

IMG-20230824-WA0268.jpg

दार्जिलिङ: कल्याणी नेपाली विद्यालयका छात्रा हत्या काण्डको विरोधमा आव्हान् गरिएको बन्दलाई राज्यको सत्तासीन दल तृणमूलले जब्बरजस्ती खोल्ने प्रयास गरिएको घटना एकदमै निन्दनीय तथा संवेदनहीन कार्य हो भनी भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिको प्रवक्ता एंव राज्य समिति सदस्य सञ्जीव लामाले बताएका छन्। उनले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन -‘तृणमूल कांग्रेस पार्टीको यस्तो नीच कार्यको भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समिति घोर आपत्ति जनाउँदछ। घटना घटेको केही समयभित्र सिलगढी पुलिसले हत्यारालाई पक्राउ गर्यो जो प्रशंसनीय छ। तर ती अपराधी र अपराधिक मानसिकता बोकेका असामाजिक तत्वहरूको मनोबल तोड्नु आज विश्व हिन्दु परिषदको पक्षबाट बन्दको आव्हान् गरिएको थियो। तर तृणमूल पार्टी नेतृत्व लगायत सिलगढीको मेयर गौतम देव आफ्नो समर्थकहरूलाई लिएर सिलगढीको विभिन्न क्षेत्र घुम्दै दोकानपाट जबरजस्ती खोलाएको देखियो जो अति ने लज्जाजनक घटना हो।’
उनले अघि भने, ‘आज तृणमूल कांग्रेस पार्टीले अपराधीहरूको मनोबल बढाउने काम गर्दैछ जसलाई शब्दले मात्र विरोध गरेर प्रयाप्त छैन् यस्तो दललाई सत्तामा होइन खोलामा ओह्रालो बगाएर उकालो खोज्दै आउनुपर्छ। हुनत तृणमूल पार्टीमा शीर्षस्थ नेतृत्ववर्गदेखि नै यस्तो मानसिकता बोकेकाहरू समूह छ जसलाई गुण्डागर्दी गर्नु साधारण जनतालाई उत्पीड़न गर्न भ्रष्टाचार गर्न बाहेक अन्य कुरो आउँदैन यस्तो पार्टी र सरकारबाट उचित न्याय व्यवस्थाको आशा मात्र राख्न पनि भूल हुनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement