फुलबारी: फुलबारी २ नम्बर ग्राम पञ्चायतको चेङ्गराबन्दा इलाकामा देवलले थिचेर एकजना श्रमिकको मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक श्रमिक बेलाकोवा निवासी ५६ वर्षीय श्यामल रायको रूपमा चिन्हित गरिएको छ। यस घटनाले इलाकामा शोकको लहर छाएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार केही दिनदेखि चेङ्गराबन्दा इलाकाको एउटा पुरानो बिल्डिङको मरमतिको कार्य चलिरहेको थियो। आज काम गरिरहेको समय श्यामल राय नाम गरेको श्रमिकमाथि देवल ढल्दा तिनी गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर फुलबारीको एउटा निजी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।