दार्जीलिङलाई रेड लाइट एरिया भएको झूटो आरोप लगाउने भ्लगरलाई दार्जिलिङ पुलिसद्वारा पक्राउ

IMG-20230824-WA0260.jpg

दार्जिलिङ: दार्जीलिङलाई रेड लाइट एरिया भएको झूटो आरोप लगाउने भ्लगरलाई आज दार्जिलिङ पुलिसद्वारा पक्राउ गरिएको छ। केही दिन अघि उक्त युटुबरले दार्जिलिङलाई रेट लाइट एरिया भनेर हालेपछि दार्जिलिङका सचेत व्यक्तिहरू र अधिनक्ताहरूका समूहले उक्त युटुबरमाछि केश गरेका थिए। त्यसैको आधारमा दार्जिलिङ पुलिसद्वारा उक्त व्यक्तिलाई पक्राउ गरेको छ। उक्त व्यक्तिको पक्राउ विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ पुलिस अधीक्षक प्रवीण प्रकाशले जानकारी दिएका छन्। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै एकजना सोसियल मिडिया चलाउने व्यक्तिले दार्जिलिङको विषयमा जुन पोष्ट गरेका थिए त्यो दार्जिलिङको लागि राम्रो थिएन र दार्जिलिङका सचेत नागरिकहरूले यसको विरोधमा पुलिसमा कम्प्लेन गरेपछि केश शुरु भएको थियो र आज पक्राउ परेको छ भनी बताएका छन्। दार्जिलिङका पुलिस अधीक्षक प्रवीण प्रकाशले उक्त व्यक्ति वर्तमान जिल्ला निवासी २६ वर्षीय रहेको बताएका छन्।

About Author

Advertisement