दार्जिलिङ: मतिगढ़ामा विद्यार्थी हत्याको विरोधमा नयाँ राजनीतिक संगठन गोर्खा सेवा सेनाले आगामी २६ अगस्तको दिन १२ घण्टा पहाड बन्दको आह्वान गरेको छ। जीएसएस(GSS) सदस्य विक्रम आदि राईले भने कि सिलगढीमा विश्व हिन्दू परिषदले हडतालको आह्वान् गरेको थियो जसले गोर्खाहरूलाई उनीहरूको समर्थन देखाएको थियो यद्यपि यसको पछाडि राजनीतिक उद्देश्य हुन सक्छ। यस्तै गोर्खाले पनि हडताल गरेर यस घटनाको विरोध गर्नुपर्ने उनले बताए। उनले यो जबरजस्ती हडताल नभएको भन्दै त्यस दिन गोर्खा विद्यार्थीलाई समर्थन गर्न गोर्खा समुदायले अगाडि आउनु पर्ने बताए। यद्यपि विद्यालयहरू खुला रहने र आकस्मिक सेवाहरू हडतालको दायराभन्दा बाहिर रहने उनले बताए।