मानव उत्थान सेवा समितिको उत्तर पूर्वाञ्चल भ्रमण कार्यक्रमको समापन

IMG-20220517-WA0147.jpg

रम्फू: अखिल भारतीय आद्यात्मिक एवं सामाजिक पञ्जीकृत संस्थान मानव उत्थान सेवा समिति तथा भातृ संगठन मानव सेवादलको केन्द्रीय प्रबन्धन कारिणीको उत्तर-पूर्वाञ्चल क्षेत्रको भ्रमण कार्यक्रम १६ मई दिन पूर्व जिल्लाको रम्फू स्थित श्री सुयश सत्संग धाममा समापन भयो। पूरा भारत भरीमा मानव सेवादलको जम्मा उन्नाईस प्रान्तहरु छ भने उत्तर पूर्वाञ्चल क्षेत्रमा पर्ने सिलीगुड़ी,डुवर्स अनि भूटानलाई लिएर प्रान्त १ बनिएको छ भने सिक्किम-दार्जीलिङ हिमाली क्षेत्रलाई लिएर प्रान्त २ बनाएको छ। प्रथम चरणको कार्यक्रममा सिक्किम-दार्जीलिङ-हिमाली प्रान्त की प्रभारी महात्मा अखिलेश बाईजीद्वारा मानव सेवादलको झण्डा उत्तोलन गरियो जसमा सबै सदस्यहरूले सलामी दिए।

भ्रमणको समापन कार्यक्रमलाई रम्फू तहसील प्रभारी महात्मा ज्ञान बाईजी,सिक्किम/दार्जीलिङ हिमाली प्रान्त प्रभारी महात्मा अखलेश बाईजीले पनि सम्बोधन गरेकी थिइन। यस अवसरमा सिक्किम राज्यका नौवटा तहसीलका सन्त-महात्मागण,उत्तर पूर्वाञ्चल क्षेत्रका प्रमुख सल्लाहकार गिरीश चन्द्र राई बिशेष रूपमा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement