कोलकाताः यूनाइटेड वर्ल्ड रेसलिंग (यूडब्ल्यूडब्ल्यू)-द्वारा भारतीय कुश्ती संघ (डब्ल्यूएफआई)-को सदस्यता रद्द गरिएको मामिलामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले केन्द्र सरकारमाथि प्रहार गरेकी छन्। यूडब्ल्यूडब्ल्यूले भारतीय कुश्ती संघको चुनाउमा ढिल्याई भएकोले यो फसेला लिएको छ। यसको लागि ममताले सोझै केन्द्र सरकारलाई जिम्मेवार ठहराउँदै सरकारलाई स्त्री विरोधी सरकारको संज्ञा दिएकी छन्।
ममताले एक्स (पूर्व ट्विटर)-मा लेखेकी छन्, यूडब्ल्यूडब्ल्यूले भारतीय कुश्ती महासंघलाई निलम्बित गरिदिएको कुरा थाहा पाएर उनी स्तब्ध भएकी छन्। यो सारा देशको लागि अत्यन्त लज्जास्पद कुरा हो। केन्द्रको भाजपा सरकारले हाम्रा बहिनीहरूलाई स्त्रीद्वेष तथा असभ्य पुरूषवादबाट हैरान बनाउँदै आइरहेको छ। भारतले यिनीहरूको विरोध गरेर यिनीहरूलाई दण्डित गर्नुपर्छ जसमा नैतिक संवेदना नै छैन तथा जो राष्ट्रका लड़ाकू छोरीहरूको गरिमाको लागि समर्थन समेत गर्न सक्दैन। हिसाब-किताबको दिन अब धेर टाड़ा छैन।
उल्लेखनीय छ, डब्ल्यूएफआईको सदस्यता निर्धारित ४५ दिनभित्रमा चुनाउ गराउन नसकेको कारणले रद्द भयो। डब्ल्यूएफआईको चुनाउ गत १२ अगस्तमा हुनुथ्यो, तर पंजाब र हरियाणा हाई कोर्टले भोट हुन एक दिनपूर्व चुनाउमाथि रोक लगाइदियो। यसअघि यूडब्ल्यूडब्ल्यूले डब्ल्यूएफआईलाई ४५ दिनभित्रमा चुनाउ गराउने निर्देश देको थियो, तर धेरै समय बितिसक्दा पनि चुनाउ हुन सकेन। यसैले वर्ल्ड रेसलिंगले एक्शन लिँदै भारतीय कुश्तीको सदस्यतालाई नै रद्द गरिदियो।
-हिस