अभिषेक शुभेन्दुमा ट्वीट वार जारी, नारद स्टिङको भीडियो पोस्ट

IMG-20230410-WA0169-11-300x172-16

कोलकाताः मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी र वरिष्ठ भाजपा विधायक तथा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीबीच ट्वीटर वार जारी छ। जब बुधवार सारा देशले चन्द्रयानको ल्याण्डिङको खुशी मनाइरहेको थियो तबपनि यी दुवै भ्रष्टाचारालई लिएर एक-अर्कामाथि हमलावर थिए। बिहिवार एक पल्ट फेरि बिहानैदेखि यो क्रम शुरू भएको छ।

शुभेन्दुले ईडीको तर्फबाट जारी गरिएको उक्त दस्तावेज ट्वीटरमा हालेका थिए, जसमा शिक्षक नियुक्ति भ्रष्टाचारको क्रममा हालमा छापा मारिएको लिप्स एण्ड बाउन्ड्स कम्पनीको सीईओको रूपमा अभिषेकको नाम देखाइएको थियो। यसपछि बिहिवार अभिषेकले नारद स्टिङ अपरेशनको त्यो भीडियो सोशल मीडियामा पोस्ट गरे, जसमा शुभेन्दु पाँच लाख रूपियाँ घूस लिएर एक फर्जी कम्पनीका सीईओ बनेका नारद न्यूज पोर्टलका मालिक मैथ्यू सेमुअललाई मद्दत गर्ने वाचा गर्दै गरेको क्यामरामा कैद भएका छन्। यस भीडियोको साथ ट्वीटमा अभिषेकले भने, यदि केन्द्रिय एजेन्सीले साँच्चैमा निष्पक्ष भएर काम गरिरहेछ भने नारद स्टिङ अपरेशन मामिलामा यो खुल्ला साक्ष्य र नामजद प्राथमिकी भएपनि शुभेन्दु विरूद्ध किन कुनै जाँच भइऱहेछैन।

अभिषेकले यस ट्वीटमा प्रधानमन्त्री कार्यालय र ईडीका निदेशकलाई पनि ट्याग गरे र चुनौती दिँदै भने, यदि साहस छ भने शुभेन्दु विरूद्ध रूपियाँ लिएको यो साक्ष्यको कारण कारबाही गरेर देखाओस्। यो भीडियो हेरेर यदि कसैलाई लाज लाग्छ भने लाज मान्नुपर्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement