कुचबिहारः उत्तर बंगाल फ्रन्टियर सीमा सुरक्षा बल (बीएसएफ) का सीमा प्रहरीहरूले आ-आफ्नो सीमावर्ती क्षेत्रहरूमा तस्करी विरोधी अभियान चलाउँदै एक बांग्लादेशी सहित दुई तस्करलाई पक्राउ गरेका छन्। बीएसएफ अनुसार, कूचबिहार जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत बीएसएफको ०६औं बटालियनको बीओपी ओरानका सीमा प्रहरीहरूले एक बांग्लादेशी नागरिकलाई समाएका छन्। पक्रा परेका बांग्लादेशीको नाम मोहम्मद जकीरूल इस्लाम (४५) बताइएको छ। बीएसएफले मोहम्मद जकीरूललाई दुई पशुको साथ त्यस समय समायो जब उसले यी पशुहरूलाई भारतदेखि बांग्लादेशमा तस्करी गर्ने प्रयास गरिरहेको थियो। जफत गरिएका पशुहरूको साथ उक्त तस्करलाई बीएसएफले अघिको कारबाहीको निम्ति मेखालीगंज थानालाई सुम्पेको छ।
अर्कोतिर, भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको रायगंज सेक्टर अन्तर्गत बीएसएफको १३७औं बटालियनको बीओपी चकगोपालका सीमा प्रहरीहरूले एक भारतीय नागरिक चंचल मोहन्ता (२५) लाई भारी मात्रामा प्रतिबन्धित इन्जेक्शनको साथ समाए। चंचललाई बीएसएफले त्यस समय समायो, जब उसले आफ्नो स्कूटीमा कालीबाड़ीदेखि गेसपुर गाउँतिर भारतदेखि बांग्लादेशमा तस्करीको निम्ति गुप्त रूपमा प्रतिबन्धित १६२५ पीस इन्जेक्शन तस्करी गर्ने प्रयास गरिरहेको थियो। पक्रा परेको भारतीय नागरिकलाई पनि अघिको कारबाहीको निम्ति हिली थानालाई सुम्पिएको छ।