मतिगढ़ा घटनाको विरोधमा खरसाङको वार्ड नम्बर दुईमा श्रध्दाञ्जली सभा सम्पन्न

IMG-20230824-WA0242.jpg

खरसाङ: मतिगढ़ाको घटनाको विरोधमा खरसाङ नगरपालिकाको वार्ड नम्बर २ डाउहिल क्षेत्रमा श्रध्दाञ्जली सभाको आयोजना गरिएको छ। नारी शक्ति २८ नम्बर खरसाङ देवराली समष्टी नारी शक्तिको सभापति सुष्मा मुखियाको पहलमा सम्पन्न उक्त श्रध्दाञ्जली सभामा नारी शक्ति केन्द्रीय पदाधिकारी उषाकिरण राई लगायत वार्ड नम्बर दुईका नारी शक्तिका सदस्याहरू उपस्थित रहेका थिए। डाउहिलको सुनौलो परिवार सार्वजनिक भवनमा सम्पन्न उक्त श्रध्दाञ्जली सभामा नारीहरूले गोर्खे चेलीको मृतात्माले शान्ति पाउन् भनी क्याण्डल बालेर प्रार्थना गर्नुको साथै श्रध्दाञ्जली अर्पण गरेका छन्। त्यसरी नै शोकित परिवारमा ईश्वरले सहने शक्ति प्रदान गरून् भनी प्रार्थना गरिएको छ।

उक्त श्रध्दाञ्जली सभा विषयमा बोल्दै २८ नम्बर समष्टी खरसाङ देवराली समष्टीको नारी शक्तिको सभापति सुष्मा मुखियाले मतिगढ़ामा नहुनु पर्ने घटना घटेको छ अनि यस घटनाको हामी कड़ा शब्दमा विरोध जनाउँदै यस घटनाको घोर भर्त्सना जनाउँदछौं भनी बताएकी छन्। उनले यस घटनाको आरोपीले कड़ाभन्दा कड़ा सजाय पाउनुपर्छ र आरोपीले फाँसीको सजाय पाउनुुपर्छ भनी मांग गरेकी छन्। सुष्मा मुखियाले अझ भनिन् -‘यस घटनाको आरोपीले कड़ा सजाय पाएको खण्डमा गाउँ समाजमा यस्ता घटनाहरू फेरि हुन सक्दैन। त्यसैले यस घटनाको आरोपीले फाँसीको सजाय पाउनुपर्छ। यस घटनामा हत्या भएकी चेलीको नामा हामीले आज क्याण्डल बालेर क्याण्डल बालेर श्रध्दाञ्जली अर्पण गरेका छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement