दक्षिण बंगालमा भारी वर्षाको अलर्ट, उत्तरमा पनि पानी पर्ने

IMG-20230410-WA0169-11-300x172-16

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता समेत दक्षिण बंगालका विस्तृत क्षेत्रहरूमा भारी पानी पर्नेछ। मौसम विभाग अनुसार, गत २४ घण्टामा केवल २.६ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ तर बिहिवार साझँदेखि पानी अधिक पर्नेछ। शुक्रवार, शनिवार र आइतवार भारी पानी पर्ने सम्भावना छ।

हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा पानी पर्नु जारी रहनेछ। मौसम विभाग अनुसार, न्यूनतम तापक्रम २६.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा एक डिग्री कम छ जबकि अधिकतम तापक्रम ३३.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा एक डिग्री धेरै छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपागढ़ी, दार्जीलिङ र कालेबुङमा पनि पानी पर्ने क्रम जारी रहनेछ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *