कोलकाताः कलकत्ता हाईकोर्टमा पञ्चायत चनाउमा हिंसासित सम्बन्धित यति मामिलाहरू लम्बित भएका छन् कि मुख्य न्यायाधीश टीएस शिवगणनमले यसलाई लिएर बिहिवार रोष व्यक्त गरेका छन्। उनले भने, यति मामिला आएका छन्, यदि यिनीहरूको सुनवाई गर्न थाले आगामी पञ्चायत चुनाउ आउनेछ तर मामिला समाप्त हुनेछैन।
वस्तुतः कांग्रेसका प्रदेश अध्यक्ष एवं लोकसभामा पार्टीका नेता अधीर रन्जन चौधरी, वरिष्ठ भाजपा विधायक र नेता प्रतिपक्ष शुभेन्दु अधिकारी, अधिवक्ता प्रियंका टिबेरेवाल, माकपाका जयदीप मुखर्जी सहित अन्य धेरै अधिवक्ताहरूले हाईकोर्टमा पञ्चायत चुनाउससित सम्बन्धित २६ भन्दा धेरै मामिला दर्ता गरेका छन्। यी याचिकाहरूको प्रकृति हेरेपछि मुख्य न्यायाधीशले यसमध्ये केवल चार मामिलालाई स्वीकार गरेका छन् औं यिनीहरूको सुनवाईको साथ बाकी सबैलाई जोड्ने निर्देश दिएका छन्।
-हिस
About Author
Post Views: 117