पोखरीमा डुबेर एकजनाको मृत्यु

IMG-20230824-WA0210.jpg

जलपाइगढी : राति अबेर राति मोटरसाइकलबाट खसेर पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ। मृतकको पहिचान अरविन्द रोय (५५) भएको छ । बिहीबार बिहानैदेखि स्थानीयले पोखरीमा खोजी थालेपछि करिब ९ बजे शव फेला पारेका थिए। यसैबीच मैनागढी पुलिस थानालाई खबर गरेपछि पुलिसले आएर शव बरामद गरेको थियो ।

स्थानीय स्रोतका अनुसार अरविन्द रोय पेसाले दूध बिक्रेता थिए । बुधबार दिउँसो करिब १२ बजे टेकटुलीमा दूध बेचेर घर जाँदा द्वारिकामारी कथलतली क्षेत्रमा रहेको पोखरीमा खसेको थियो । मोपेड सडकमा परेको थियो र जुत्ता पोखरीमा तैरिरहेको थियो । जसलाई देखेर स्थानीयले पोखरीमा खसेको अनुमान गरेका थिए । राति अबेरसम्म मानिसहरुले खोजी सुरु गरेपनि केही भेटिएन। अन्ततः बिहीबार बिहान पोखरी खोजी गरिएको थियो । धेरै प्रयासपछि स्थानीयले बिहान करिब नौ बजे पोखरीबाट शव निकालेका थिए । लगत्तै पुलिसले आएर शव बरामद गरी पुलिस थाना लगेको थियो । शव पोष्टमार्टमका लागि आज जलपाइगढी शवगृहमा पठाइने पुलिसले जनाएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement