परिवारका सदस्यलाई बेहोस बनाएर नगदसहित लाखौंको गहना चोरी हुँदा सनसनी मच्चियो

dbebe9cb-ac34-48c9-9321-14e5ca5c65ec

जलपाइगढी: धुपगढीको कालीहाट क्षेत्रमा रातको अँध्यारोमा एउटा भयानक चोरीको घटना भएको छ। गएराति सो क्षेत्रका कमलाकान्त रायको घरबाट चोरले रु पाँच हजार नगद र रु तीन लाख बराबरको गरगहना चोरी गरेको बताइएको छ। बुधबार अचानक घरका सबै सदस्य दिनरात सुतेको अवस्थामा बेहोस भएको आफन्तले बताए । त्यसपछि बिहीबार बिहान उठ्दा घरको पछाडिको ढोका फुटेको र अलमारी अलपत्र अवस्थामा थियो ।

करिब ३ लाख सुनका गरगहना र ५ हजार नगद हराएका छन् । चोरले बेहोस बनाउन घरमा एनेस्थेसिया छर्केर चोरी गरेको आशंका परिवारले गरेको छ। आज बिहान धुपगढी थानाको पुलिसले घटनास्थल गएर निरीक्षण गरेको थियो । तर यो समाचार लेखेसम्म धुपगढी पुलिसमा उजुरी नपरेको परिवारका सदस्यले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement