नेपाली स्कूलका विद्यार्थी र शिक्षकहरूले निकाल्यो ऱ्याली

0c17df07-8449-452f-be1e-966bb6143b90

कालचिनीः सिलगढ़ी मतिगढ़ाका ११ बर्षीय नाबालिका छात्रीलाई नृशंस ढङ्गमा हत्या गरिएको प्रतिवादको लहर चौतर्फी उठ्दै गईरहेको क्रममा बिहीबार कालचिनी खण्डको डिमा स्थित शंकर नेपाली उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूले स्कूल परिसरबाट कालचिनी मोमबत्ती चौकसम्म मृतक नाबालिकाको परिवारले न्याय पाउनु पर्ने र पक्रा परेका दोषी हत्यारालाई फाँसीको सजाय दिनुपर्ने दाबी गर्दै विशाल ऱ्याली निकाल्यो। शंकर नेपाली उच्च माध्यमिक विद्यालयको शिक्षकहरू सबैले नै विद्यार्थीहरूको ऱ्यालीलाई अनुशासित पार्दै शान्तिपूर्ण सम्पन्न गराउन सफल भएको थियो।


स्कूलका सहशिक्षक प्रधान शिक्षक सुभान सिंह नौबाग र सहशिक्षक दीप लामाले आधुनिक सभ्यताको शिखर चढ़दै गईरहेको नागरिक समाजमाझ यस्तो प्रकारको दुर्भाग्यपूर्ण एवम् घृणित दुर्घटनाले सभ्य मानव समाजलाई नै लज्जित बनाएको बताउँदै स्कूल पढ़दै गइरहेकी एउटी नाबालिकलाई हत्या गर्ने यस्तो पापी कुकर्मोंलाई अदालतले मृत्यु दण्ड दिनु पर्ने जनाएका छन्।
यो प्रतिवाद ऱ्याली गर्नुको उद्देश्य विद्यार्थीहरूलाई साथै अभिभावकगणलाई सचेतना गर्नु एवम् यसप्रकारको पशुतुल्य संस्कारबाट समाज जोगिनु पर्ने एवम् कानुनले यस्ता अपराधीलाई उदाहरणीय दण्ड तोकेर समाजलाई शिक्षा दिनुपर्ने रहेको शंकर नेपाली उच्च माध्यमिक विद्यालयको शिक्षकहरू श्याम प्रधान, दीप लामा अभिजीत मिजार, स्कूल स्टाफहरू दिपेन लामा, शम्भू शर्मा लगायत अन्यान्य शिक्षक शिक्षिकाहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement