सिलगढ़ी सिटी एफसी प्री-क्वार्टर फाइनलमा

photocollage_202382419156733.jpg

२४ अगस्तः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी सिटी एफसी-ले सजिलैसँग प्री-क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा बिहीवार भएको म्याचमा सिलगढ़ी सिटी एफसी-ले फूलबारी एफसी-लाई ५-०-ले पराजित गऱ्यो। विजेता टीमका अडोप राईलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले म्याचमा २ गोल गरे। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। शुक्रवार खेलिने म्याचमा आयोजक सेभेन स्टार स्पोर्टिंग क्लब र सिलगढ़ी कोलाबारीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement