बीरपाडा: गोर्खाबाहुल क्षेत्र कालचिनी ब्लकका एक वरिष्ठ समाजसेवी साथै कोरोना पेन्डामिकको समय लकडाउन अवस्थामा योद्धाको रुपमा खटिखाने प्रत्येक मजदुर, दीन-दु:खीको घर-दैलोमा पुगी साथ-सहयोग पुऱ्याउनपछि नहट्ने एक कोरोना वारियर पासाङ लामा शहीद शंकर छेत्रीको सपरिवारसँग भेटघाटको कार्यक्रमपछि ‘हाम्रो समाज’ द्वारा सञ्चालित, ‘दार्जीलिङ सिक्किम युवा एकता मञ्च – इज्राएलद्बारा प्रायोजित, बीरपाडाको कलेजपाडामा अवस्थित चन्द्रबीर प्रधान ग्रामीण जनपुस्तकालयको भ्रमण गरे।

पुस्तकालयको प्रेक्षागृहमा हाम्रो समाजका सदस्यहरूसँग लगभग २ घन्टा जसो सौहार्दपूर्ण कुराकानी भएपछि पुस्तकालय खोलिनुको औचित्यले समाज शिक्षित परिवेशतिर लम्किरहेको कुरोलाई लामाले उजागर गरेका छन्। समाजको निम्ति यस्तो कर्ममा साथ अनि सहयोगको निम्ति आफु पछि नहट्ने भनी बताए।









