मतिगढ़ा घटनाको विरोधमा नारी शक्तिद्वारा खरसाङमा श्रध्दाञ्जली सभा

IMG-20230824-WA0226.jpg

आरोपीले फाँसीको झट्टै सजाय पाउनु पर्ने नारी शक्तिको मांग

खरसाङ: मतिगढामा गोर्खे चेलीक निर्मम हत्याको प्रविवाद गर्दै आरोपीले फाँसीको सजाय पाउनुपर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिले खरसाङमा श्रध्दाञ्जली सभाको अायोजना गरेको छ। उक्त श्रध्दाञ्जली सभा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त श्रध्दाञ्जली सभामा मतिगढामा गोर्खे चेलीको निर्मम हत्यापछि भएको निधनमा चेलीमाथि श्रध्दाञ्जली अर्पण गर्दै आत्मा शान्तिको लागि कामना गरिएको छ भने गोर्खे चेलीको हत्या आरोपीले फाँसीको सजाय पाउनु पर्ने मांग गरिएको छ। यस अवसरमा उपस्थित सबैले बत्ती बालेर श्रध्दाञ्जली अर्पण गरिएको थियो। उक्त श्रध्दाञ्जली कार्यक्रममा नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधान, जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधान, नारी शक्ति केन्द्रीय पदाधिकारीहरू उषाकिरण तामाङ र जैतुन निशा खातुन लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। उक्त श्रध्दाञ्जली कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै नारी शक्ति केन्द्रीय अध्यक्षा एंव खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु प्रधानले गोर्खे चेलीको हत्यारासे कानुन अनुसार सबैभन्दा ठूलो र कड़ा सजाय पाउनुपर्छ भनी बताइन्। उनले यो नानीमाथि कुनै राजनीतिकरण नगरिदिने अनुरोध गर्दै गोर्खे चेली हाम्रै आफ्नै छोरी हुन् र हामी सबै यस प्रकारका घटनाको विरोधमा उत्रेका छौं भनी बताइन्। उनले भनिन् -‘अब प्रत्येक समाजले अब जागरूक भएर कार्य गर्नु पर्ने समय आएको छ र यस्तो जागरूकता राजनैतिक रूपमा नभएर प्रत्येक समाज अघि आएर गर्नु पर्ने देखिएको छ। किनभने किन हाम्रो चेलीहरू बलत्कारको शिकार हुन्छन्? किन हाम्रो चेलीहरूका नै निर्मम हत्या हुन्छ? मतिगढ़ाको घटनामा अब प्रशासनले झट्टै न्याय दिएको हुनुपर्छ। हत्याराले यही महिनाभित्र नै सजाय पाएको हुनुपर्छ।’

त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानले मतिगढाको घटनामा गोर्खे चेलीको निर्मम हत्या गर्ने हत्या आरोपीले झट्टै सजाय पाउनु पर्ने र आरेपीले फाँसीको सजाय पाउनु पर्ने मांग गरेका छन्। उनले गोर्खे नानी आत्माले शान्ति पाऊन् भन्दै श्रध्दाञ्जली पनि अर्पण गरेकी छन्। कार्यकारी सभासद कल्पना प्रधानले भनिन् – ‘सरकार समक्ष अनुरोध छ कि छोरी चेलीको सुरक्षाको लागि प्रत्येक क्षेत्रमा सीसीटिभी लगाईयोस्। सरकारले ‘छोरी पढ़ाऊ छोरी बचाऊ’ भन्ने कुरामा अझ ध्यान दिएको होस्। मतिगढ़ाको घटनामा आरोपीको पक्राऊ भएको छ र अब उक्त घटनाको सुनवाई फास्ट ट्रयाकमा भएर झट्टै आरोपीले सजाय पाएको होस् अनि आरोपीले फाँसीको सजाय पाएको हुनुपर्छ।’
उनले छोरा छोरी एंव नानीहरूलाई अभिभावकवर्गले घरमै संस्कार दिनुपर्छ भन्दै अभिभावकवर्ग र छोरा छोरीहरूका सम्बन्धमा सचेत रहनुपर्ने आह्वान् गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement