सिलगढी: एक नाबालिगको हत्याको विरोधमा बन्दको समर्थनमा माटिगडा मोताज्योत क्षेत्रमा आम मानिसले मार्च निकाले। तर, पुलिसले जुलुस रोकेको थियो। बिहीबार दिउँसो मोताज्योत क्षेत्रबाट निस्किएको जुलुस निस्कने क्रममा पुलिसले बिच बाटोमै रोकेको थियो। जसका कारण जुलुसमा उपस्थित आन्दोलनकारीहरु सडकमै बसेका थिए। लगत्तै डीसीपी ट्राफिक, एडीसीपी र ठूलो पुलिस टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।