कुचबिहार: भारतको चन्द्रयान-३ मिशनको सफलतालाई देशभर मनाइँदैछ। चन्द्रयान मिशनको ल्यान्डर विक्रम हिजो चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको थियो। भारत चन्द्रमाको दक्षिणी गोलार्धमा पुग्ने विश्वको पहिलो देश बन्यो। सदर सरकारी हाई स्कूल, कूचबिहारका विद्यार्थी र विद्यालयका शिक्षकहरूले आज कूचबिहार शहरमा जुलुस निकालेका थिए। विद्यार्थीलाई अन्तरिक्ष र देशको सफलतामा थप हौसला दिन यो विशेष शोभायात्रा आयोजना गरेको विद्यालयले जनाएको छ।