सिलगढी: लोकसभा चुनाव अघि सिलगढीमा भाजपाको जिल्ला संगठनमा आन्तरिक विवाद चर्किएको छ। यस अन्तर्गत पार्टीको सिलगढी संगठनात्मक जिल्ला महासचिव, सचिव, महिला मोर्चाका सेक्रेटरी र अन्यले जिल्ला अध्यक्षलाई राजीनामा बुझाएका छन्। जसका कारण भाजपा लगायत जिल्लाका राजनैतिक वृत्तमा हंगामा मच्चिएको छ। तर, भाजपा विधायक र अध्यक्षले घटनाको खण्डन गरेका छन्।