सिलगढी: सिलगढीको मतिगढामा भएको नाबालिक छात्रा हत्याकाण्डको विरोधमा विश्व हिन्दू परिषदले डाकेको १२घण्टा बन्दको आज बिहानैदेखि सिलगढी शहर लगायत संलग्न ठाउँहरूमा प्रभाव देखापरेको छ। सिलगढी विधान मार्केट, हङ्कङ् मार्केट लगायत अन्य सबै ठाउँका दोकानपाटहरू पूर्ण रूपले बन्द रहेको देखियो। छात्रा हत्याकाण्डको हामी तीव्र निन्दा गर्दछौँ। त्यसैले नै आज सिलगढी विधान मार्केट बन्द राखेका हौँ भनी व्यवसायीहरूले बताएका छन्। यसैगरी, चम्पासरीको रेगुलेटेड मार्केट पनि पूर्ण रूपले बन्द रहेपछि यहाँबाट कुनै पनि ठाउँहरूमा सब्जी, फलफुल तथा माछाहरू नआएपछि सहरको सबैजसो सब्जी दोकानहरू पनि बन्द रहेको छ। अर्कोतिर, सिलगढीको अधिकतर जसो स्कुल, कलेज तथा शैक्षिक संस्थानहरू पनि आज बन्द रहेको छ। सिलगढी सहरमा आज बन्द अवधि बिहानदेखि नै वाहनहरू चलाचल खुबै कम देखिएको छ भने केही मात्रामा अटो-टोटोहरूको मात्र चलाचल भइरहेको छ।