कोविड़ भारत: कोरोनाको १,५०८ सक्रिय मामिला

1000299649.jpg

कोरोनाकाे ७३ नयाँ मामिला, १ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९६,८५९ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले उत्तर प्रदेशमा १ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,९२७ पुगेको छ। यसरी नै यस अवधिमा ४८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६३,४२४ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर १,५०८ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ३३,८४७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,४५,४३,५८५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा १,९८१ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,६६,३८३ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement