चुनाउ आयोगको नेशनल आइकन बनिने सचिन तेन्दुलकर

IMG-20230824-WA0130.jpg

२४ अगस्तः मास्टर ब्लास्टर सचिन तेन्दुलकरले मतदाताहरूलाई जागरूक र शिक्षित बनाउनको निम्ति चुनाउ आयोगको नेशनल आइकन (राष्ट्रको पहिचान)-को रूपमा एउटा नयाँ ईनिंग्सको शुरुवात गरे। चुनाउ आयोगले तेन्दुलकरसँग तीन सालको अनुबन्ध गरेको छ। नयाँ जिम्मेवारी ग्रहण गरेपछि सचिनले भने, भारत जस्तो जीवन्त लोकतन्त्रमा युवाहरूले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। जुन मुटु मैदानमा इण्डिया…इण्डिया….शोरको साथ धड़्किने गर्छ, त्यो लोकतन्त्रलाई अघि लैजानको निम्ति पनि धड़्किनेछ। स्टेडियममा भीड़ लगाउनदेखि लिएर मतदान केन्द्रमा भीड़ लगाउनसम्म, राष्ट्रिय टीमको समर्थनमा उभिनदेखि लिएर भोट हाल्नको निम्ति समय निकाल्नसम्म, हामी जोश र उत्साह कायम राख्नेछौं। जब देशका कुना-कुनामा युवाहरू चुनावी लोकतन्त्रमा ठूलो संख्यामा भाग लिनेछन् जब हामी देशको समृद्ध भविष्य देख्नेछौं।
यो सहयोग विशेष रूपले २०२४-मा हुने आउँदो आम चुनाउमा मतदाताहरूका भागीदारी बढ़ाउनको निम्ति युवाहरूसँग तेन्दुलकरको अद्वितीय प्रभावको लाभ उठाउने दिशामा महत्त्वपूर्ण कदम हो। मुख्य चुनाउ आयुक्त राजीव कुमारले भने, तेन्दुलकर विश्व स्तरमा प्रतिष्ठित व्यक्ति हुन्। उनीसँग एउटा यस्तो विरासत रहेको छ, जुन उनको क्रिकेट प्रतिभाभन्दा धेरै अघिसम्म फैलिएको छ। यसले उनी चुनाउ आयोगको निम्ति मतदानको प्रतिशत बनाउनको निम्ति आदर्श विकल्प बनेका छन्। यस साझेदारीअन्तर्गत तेन्दुलकरले विभिन्न टीभी कार्यक्रमहरू अनि डिजिटल अभियानहरूमा मतदाताहरूबीच जागरूकता बढ़ाउनेछन्। उनले मानिसहरूलाई मतदानको महत्त्व सम्झाउनेछन्। उल्लेखनीय छ, चुनाउ आयोगले मतदाताहरूलाई लोकतन्त्रको तिहारमा भागीदारीको निम्ति प्रेरित गर्न विभिन्न क्षेत्रहरूका प्रसिद्ध भारतीयहरूसँग साझेदारी गर्दै आएको छ। गत वर्ष आयोगले ख्यातिप्राप्त अभिनेता पंकज त्रिपाठीलाई नेशनल आइकनको रूपा मान्यता दिएको थियो। यसअघि २०१९-को लोकसभा चुनाउहरूको अवधि महेन्द्र सिंह धोनी, आमिर खान र मेरी कोम जस्ता दिग्गजहरू चुनाउ आयोगको नेशनल आइकन रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement