२४ अगस्तः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा भएको म्याचमा बसन्त एफसी-ले महानदीको टीम युनाइटेड घुम्तीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमका प्रयास राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। फाइनल १० सेप्टेम्बरमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।