दिल्ली पुलिसले गठन गरेको स्पेशियल युनिट फर नर्थ इस्ट रिजन (SUNER) तुरून्तै भंग गरिनुपर्ने माग गर्दछु: केशवराज पोख्रेल

IMG-20230823-WA0246.jpg

दार्जिलिङ: उत्तर पूर्वी क्षेत्रका मानिसहरूमाथि निगरानी राख्न अनि उनीहरूको डाटा संकलन गर्न भनेर हालैमा दिल्ली पुलिसद्वारा स्पेशियल युनिट फर नर्थ इस्ट रिजन (SUNER) नाम गरेर एउटा विशेष युनिट गठन गरेको जसले देशका उत्तर पूर्वी क्षेत्रहरू क्रमैले लद्दाख, दार्जीलिङ आदि क्षेत्रका मानिसहरूलाई देशको राजधानी दिल्लीमा नै शकांको घेरोभित्र राखिएको भान हुँदछ। यसैले दिल्ली पुलिसद्वारा गठन गरिएको उक्त स्पेशियल युनिटको प्रतिवाद गर्दछु भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले बताएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरेर भनेका छन् -‘उत्तर पूर्वी क्षेत्रमा बसोबासो गर्ने मानिसहरू पनि यही देशका नागरिकहरू हुन् अनि उनीहरूलाई पनि अन्य प्रान्तका नागरिकहरूलाई जस्तै भारतको संविधानले समान नागरिक अधिकार प्रदान गर्दछ। देशका अन्य प्रान्तमा बस्ने भारतीयहरूको जस्तै उत्तर पूर्वी क्षेत्रका भारतीयहरूको पनि समान मौलिक अधिकारको ग्यारेन्टी भारतको संविधानले प्रदान गरेको छ भने दिल्ली पुलिसले किन उत्तर पूर्वी क्षेत्रका मानिसहरूलाई दोस्रो दर्जाको नागरिकलाई जस्तै बर्ताउ गरिरहेको छ।’
भागोप्रमो केन्द्रीय प्रवक्ता पोख्रेलले अघि भनेका छन् -‘दिल्ली पुलिसले उत्तर पूर्वी क्षेत्रका भारतीय नागरिकहरूमाथि अप्नाएको उक्त बर्ताउ सरासर नागरिक अधिकार अनि मानव अधिकारको हनन हो। दिल्ली पुलिसको उक्त कर्तूतले उत्तर पूर्वी क्षेत्रका मानिसहरूप्रति पक्षपात गरिएको तथा उनीहरूको मान-सम्मान अनि मर्यादाको हनन गरिएको हामीले अनुभव गरिरहेका छौं। यसबाहेक यो कार्यले राष्ट्रीय सद्भावना अनि साम्प्रदायिक एकता भगं गर्ने स्थिति उत्पन्न हुने सम्भावना पनि रहेको छ।’
उनले अझ भने, ‘देशको राजधानीमा उत्तर पूर्वी क्षेत्रका भारतीयहरूलाई दोस्रो दर्जाको नागरिकको जस्तै बर्ताउ गरिनु ठूलो अपमानको कुरा हो। यसले समग्र उत्तर पूर्वी क्षेत्रका भारतीयहरूको मनमा ठूलो ठेस लागेको छ। यसैले कुनै प्रकारको अशान्ति अनि साम्प्रदायिक सद्भावना अनि राष्ट्रिय अखण्डतामाथि प्रभाव पर्न अघि नै दिल्ली पुलिसले गठन गरेको स्पेशियल युनिट फर नर्थ इस्ट रिजन (SUNER) तुरून्तै भगं गरिनुपर्ने माग गर्दछु। दिल्ली पुलिसको उक्त कार्यले उत्तर पूर्वी क्षेत्रका मानिसहरूको मनमा ठेस लागिरहेको हुनाले जन भावनालाई कदर गर्दै उत्तर पूर्वी क्षेत्रका राजनैतिक, सामाजिक, शिक्षित हरेक क्षेत्रका जिम्मेवार व्यक्तित्वहरूले यस विषयमा आवाज अघि राखिदिउन् भन्ने पनि म अपील गर्न चाहन्छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement