नयाँ दिल्ली: केन्द्रीयगृह एवं सहकारिता मन्त्री अमित शाहले मिजोरमको सैराङ्ग नजिक एक निर्माणाधिन रेलवे पुल भत्किएर १७ जना मजदूरहरूको पीड़ादायी मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्। शाह बुधबार ट्वीट गरी भने, ‘उनी प्रार्थना गर्दछन् कि दुर्घटनामा घाइते सबै मजदूरहरूलाई शीघ्र स्वास्थ्य लाभ होस्l’ मिजोरममा भएको दुर्घटनादेखि उनी धेरै दुःखी छन्। घटनाको सन्दर्भमा उनले मिजोरमका राज्यपाल तथा मुख्यमन्त्रीसित वार्ता गरेका छन् र उनीहरूले हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन्।
शाहले भने, ‘घटना स्थलमा स्थानीय प्रशासनसँगसँगै राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ)-का जवानहरू राहत एवं बचाउ कार्यमा लागिपरेका छन्। उनी दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति सम्वेदना प्रकट गर्दछन्। उल्लेखनीय छ, मिजोरम नजिक सैराङ्गमा एक निर्माणाधिन रेलवे पुल झरेर बुधबार १४ जना मजदूरहरूको मृत्यु भएको घटना अघि आएको छ। स्थानीय प्रशासन र रेलवेको भनाइ अनुसार घटनास्थलमा अहिले पनि मजदूरहरू फसेको हुनसक्ने आशंका छ। राहत अनि बचाउ कार्यमा स्थानीय प्रशासनसहित रेलवे अनि एनडीआरएफको टीम जुटेको छ। केन्द्रले हरसम्भव मद्दत गर्ने आश्वासन दिएको छ। -हिस