मुख्यमन्त्रीले चन्द्रयान-३ को सफलताको निम्ति दिए बधाई

n5309254781692813524249280e4f09f47ec63dd08f297790210bfc52d78cfb4aa76d435badf14538e2e761.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले चन्द्रयान-३ को सफलताको निम्ति हार्दिक बधाई दिएका छन्। उनले यो अविश्वसनीय उपलब्धि ब्रह्माण्डको माध्यमद्वारा भारतको शानदार यात्राको अर्को माइलखुट्टी रहेको बताएका छन्।

मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा देशका विभिन्न माइलखुट्टीहरू हासिल गरेको बताउॅंदै यो उपलब्धिले देशको गौरवशाली इतिहासमा एउटा अध्याय थपेको बताएका छन्। उनले चन्द्रयान-३ को पछाड़ि समर्पण, कड़ा परिश्रम र अटुट प्रतिबद्धताको निम्ति टीम इसरो सर्वोच्च प्रशंसाको पात्र रहेको सन्देशमा बताएका छन्।

मुख्यमन्त्रीले भनेका छन्, चन्द्रयान-३ को सफलताले अन्तरिक्ष विज्ञान र अभियान्त्रिकीमा भारतको क्षमतालाई मात्र दर्साउॅंदैन, तर हाम्रो राष्ट्रलाई परिभाषित गर्ने नवीनता र दृढताको भावनाको पनि प्रतीक हो। उनले यस ऐतिहासिक उपलब्धिको निम्ति बधाई दिॅंदै चन्द्रयानको निरन्तर यात्रा उसको सफल ल्याण्डिङ सरह विस्मयकारी र अभूतपूर्व होस् भनी कामना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement