आशाकर्मीहरुलाई लिएर आयूषको प्रशिक्षण

IMG-20230823-WA0372.jpg

गान्तोक: सिक्किम सरकारको स्वास्श्य एवं परिवार कल्याण विभागअन्तर्गत आयुष सोसाइटीले दक्षिण जिल्लाका मान्यता प्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ताहरूलाई लिएर एकदिने अभिमुखीकरण प्रशिक्षण गऱ्यो। नाम्चीको जिल्ला प्रशासन केन्द्र हलमा आयोजित गरिएको हो। यस तालिमको उद्देश्य परम्परागत आयुर्वेदिक अभ्यासहरू र आमा र बच्चाको प्रसवपछिको हेरचाहमा विशेष ध्यान केन्द्रित गर्ने र उनीहरूको ज्ञानमा बृद्धि गराउनु थियो। जसले समग्र जानकारी प्रदान गर्न अनि समुदायहरूलाई सूचित विकल्पहरू प्रदान गरेर बिरामीहरूको समयमै उपचार गर्न लक्ष्य राकेको थियो। आयुर्वेदमा दैनिक दिनचर्याको अवधारणाको परिचय, दिनभरि स्वस्थ दिनचर्या कायम राख्न आयुर्वेदिक सहयोग यसलाई उनीहरूको जीवनमा समावेश गर्न र समुदायलाई सल्लाह दिन आशाका लागि व्यावहारिक सुझावहरू र दिशानिर्देशहरू उपलव्ध गराउनु रहेको थियो। वर्षभरि राम्रो स्वास्थ्य कायम राख्न मद्दत गर्ने उद्देश्यले तालिम प्रदान गरिएको थियो। विभिन्न मौसममा रोग र असन्तुलनबाट बच्न हाम्रो जीवनशैली, आहार र दैनिक दिनचर्यालाई कसरी अनुकूलन गर्ने भन्ने आधारभूत अवधारणाबारे आशाकर्मीहरुलाई जानकारी दिइएको थियो। तालिममा दक्षिण जिल्ला चिकित्सा अधिकारी, स्वास्थ्य तथा परिवार कल्याण विभाग र प्रशिक्षणका लागि स्रोत व्यक्ति एडी कम एसपीओ, राष्ट्रिय आयुष मिसन तथा आयुर्वेद आयुर्वेद अस्पताल, क्योङ्सा, गेजिङको उपस्थिति रहेको थियो। तालिमको क्रममा आशाहरूलाई आयुष सह-स्थान सुविधाहरूबारे जानकारी गराएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement