मतिगढाको घटनालाई लिएर पहाड़मा पनि बिहीबार ट्रकहरू बन्द रहने

IMG-20230823-WA0357.jpg

खरसाङ: २४ अगस्त बिहीबार पहाड़मा ट्रकहरू पनि बन्द रहने भएको छ। मतिगढाको घटनालाई लिएर विश्व हिन्दु परिषदले डाकेको बन्दलाई दार्जिलिङ ट्रक चालक संगठनले समर्थन गरेका छन् भने उक्त निर्णयलाई दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनले पनि समर्थन गरेको छ। उक्त समर्थनले अब २४ अगस्त बिहाबारको दिन पहाड़मा ट्रकहरू बन्द रहने भएको छ। यस विषयमा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको सभापति मन्ना त्रिखत्रीले एक भिडियो जारी गरेर २४ अगस्तको बन्दलाई दार्जीलिङ जिल्ला ट्रक मालिक एसोसिएशनले समर्थन गरेको बताएका छन्। उनले हत्या अारोपीलाई फाँसीको सजाय दिनु पर्ने मांग गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *