गोरामुमोद्वारा गोर्खा नागरिकता मान्यता दिवस पालन

IMG-20230823-WA0338.jpg

दिल्लीमा मुद्दा फत्ते हुने एउटा मात्र बाटो छ त्यो हो सुवास घिसिङको बाटो: निरज जिम्बा

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीको आयोजनामा आज खरसाङको नयाँ बजारस्थित टाउन हलमा गोर्खा नागरिकता मान्यता दिवस पालन गरेको छ। यसभन्दा अघि खरसाङको टुरिष्ट लजबाट र्‍यालीको शुरुआत गर्दै खरसाङ बजार परिक्रमा गरिएको थियो। आजको समारोहमा दार्जीलिङ विधानसभा क्षेत्रका भाजपा विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बा, महासचिव महेन्द्र छेत्री, सेक्रेटरी जनरल दावा शेर्पा, एनबी छेत्री दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, खरसाङ, दार्जीलिङ, कालेबुङ अनि मिरिकबाट प्रतिनिधिवर्ग, केन्द्रिय समिति सदस्यगण, भातृ संगठन लगायत गोरामुमो कार्यकर्ताहरुका उपस्थिति रहेको थियो। विभिन्न संस्कृतिक कार्यक्रमको आयोजनामा वक्ताहरुले गोर्खा नागरिकता मान्यता दिवसको औचित्यबारे जानकारी गराएका थिए। गोरामुमो केन्द्रीय समिति महासचिव महेन्द्र छेत्रीले आफ्नो वक्तब्य राख्दै गोर्खा अकर्ड अनि नागरिकता दिवस मनाउनेबारे भने, ‘गोर्खाहरुलाई मास्ने षड्यन्त्र चल्दैछ। पाँच डेसिमलको कुरा चल्दैछ। यो षड्यन्त्रभित्र हामी पस्यौं। हामी लडाकु जाति हौं। पाँच डेसिमलको निम्ति होइन। दागोपापभित्र पर्ने हाम्रो सबै कुराहरु लागि सक्यो विस्तारै विस्तारै सबै कुरा लाने षड्यन्त्र रच्दैछ। हामी भूमिसंगै आएको भन्छौं तर जुन दिन पाँच डेसिमल जमीन थाप्छौ त्यो दिन सबै सकिन्छ त्यस दिनदेखि हामी सुकुम्बासी हुन्छौं। जाति र अस्तित्वको निम्ति लड्ने हामीलाई सुकुम्बासी बनाउँदैछ। यसै कारण यो नागरिकता दिवसको अर्कै महत्व छ। पाँच डेसिमलले गोर्खा जातिलाई मास्ने काम गर्दैछ। यसैकारण हामीले विभिन्न कार्यक्रमको आयोजना गर्दैछौं गोर्खा जातिलाई जोगाउनुको निम्ति। जातिको अस्तित्व बचाउने समय आएको छ। अब सरकारले पनि न्याय दिने समय आयो।’

आफ्नो वक्तव्य राख्दै विधायक निरज जिम्बाले भने, २३ अगस्त १९८८ मा गोर्खाहरुले नागरिकता मान्यता पाएको दिन हो। गोर्खाहरु खाटि नागरिक हुन् भनी भारत सरकारले अधिसूचना जारी गरेको दिन हो। २२ अगस्त १९८८ को दिन गोर्खा अकर्ड भएको दिन हो। गोर्खाल्याण्ड भयो भने हिज र आजको दिन महत्त्वपूर्ण दिन हो गोर्खाहरुको निम्ति।’
सुवास घिसिङलाई स्मरण गर्दै विधायक जिम्बाले भने, ‘वहाँको अन्तिम स्वाससम्म पनि जाति र माटोको निम्ति सुर्ताउँदै बित्नु भयो। जिल्ला परिषद बनाउने मौका हेर्दै थियो यहाँ। जिल्ला परिषद भयो भने के हुन्छ यहाँ फेरि शुरुदेखि जानुपर्छ। सुवास घिसिङले बंगाल चर्काएको थियो तर यहाँ फेरि चर्किएकोलाई जोड्ने षड्यन्त्र चल्दैछ।संविधानमा गोर्खाहरुको ‘ग’ पनि थिएन तर आज वहाँको राजनैतिक दुरदर्शिताले हामी आज संविधानभित्र छौं। आज दिल्लीमा मुद्दा फत्ते हुने एउटा मात्र बाटो छ त्यो हो सुवास घिसिङको बाटो। त्यो भन्दा अर्को केही छैन। दिल्लीमा काम हुदैछ सुर्ताउनु हुँदैन। जे हुन्छ राम्रै हुन्छ। अब विरोध गर्नु हुँदैन। गोरामुमोमा धैर्य छ, कुर्सीको लालच गर्ने हुँदा हामीलाई डुबाएको हो, यसकारण मन घिसिङमा धैर्यता छ। अब अत्तालिनु हुँदैन। सुवास घिसिङको बाटोमा जाति हित छ। सबै कुरा छ।’

उनले अघि भने, ३१ अगस्त २०२३ को दिन एउटा ऐतिहासिक राष्ट्रिय गोर्खा बन्बो महोत्सवको आयोजना गरिरहेको छ र सबैजना भेला भइदिने यो कार्यक्रम त्यसै गरिएको होइन। सुवास घिसिङले अकर्डको सम्मान गर्दा आज सरकारले सम्मान गरेको हो। यसैकारण गोर्खा अकर्ड सफल भएको हो। यसैकारण सुवास घिसिङलाई इन्दिरा गान्धी पुरस्कार भारत सरकारले प्रदान गरेको हो। हरेक जग्गामा हामी चुकेका छौं। अब चुक्नु हुँदैन।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *