दार्जिलिङको साउथफिल्ड कलेजमा भाषा दिवस साथै भानु स्मृति दिवस कार्यक्रम सम्पन्न

IMG-20230823-WA0308.jpg

दार्जिलिङ: दार्जिलिङको साउथफिल्ड कलेज सांस्कृतिक समितिको आयोजनामा आज भाषा दिवस साथै भानु स्मृति दिवस पालन गरियो। प्रा धनकुमार देवानको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका मुख्य अतिथि नाट्यभूषण सीके श्रेष्ठ उपस्थित थिए। कार्यक्रममा प्रा कुशल घिमिरेले स्वागत भाषण प्रस्तुत गरेका थिए भने विभिन्न विभागका विद्यार्थीवर्गले रामायण पाठ, कविता पाठ, गीत साथै नृत्यहरू प्रस्तुत गरेका थिए। अङ्ग्रेजी विभागका प्रा विनोद प्रधान अनि प्रा विवेक मिश्रले भाषा विषय वार्ता प्रस्तुत गरेका थिए। प्रा. विशाल छेत्री अनि प्रा श्रीकान्त रोय चौधरीले कविता पाठ गरे।

यसै कार्यक्रममा प्राध्यापक सदीप प्रधानद्वारा सम्पादित पुस्तक ‘सूयर्कला थापा रचना सञ्चयन’ पुस्तक पनि विमोचन गरिएको थियो। प्रमुख अतिथि सीके श्रेष्ठले विद्यार्थीवर्गमाझ भाषाको व्यवहारिकतामाथि राखिएको गहन वार्ता प्रस्तुत गरेको यस कार्यक्रमको सञ्चालन प्रा निरज राईले गरेका थिए भने धन्यवाद ज्ञापन प्रा सदीप प्रधानले राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement