बालिकाको हत्याकाण्डबारे जीटीएका मुख्य कार्यपालले पुलिस कमिश्नरलाई भेटे     

00-1-Anit-Thapa-and-Police-Commissioner

सिलगढी: सिलगढीको हत्याकाण्डले गोर्खा समाजलाई मात्र होइन सम्पूर्ण मानवजातिलाई नै विचलित बनाएको जीटीएका मुख्य कार्यपाल अनित थापाले बताएका छन्। यस हत्याकाण्डका   आरोपीलाई पक्रिएर रिमाण्डमा लगिएको छ। आज बिहान सिलगढीमा पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीसित सोही विषयलाई लिएर अनित थापाले भेट गरे। सो भेटबारेमा उनले प्रेस विज्ञप्ति जारी गरेका छन्l ‘हत्याकाण्डको जाँचलाई तिब्रता दिँदै आरोपीलाई उचित सजाय दिनुपर्ने मेरो मात्र होइन जनता अनि परिवारको माग विषय विदित गराएको छु। हत्याकाण्डलाई कुनै जातीय रङ्ग दिने काम कसैले नगरोस्। न त कुनै राजनैतिक रङ्ग। पुलिस प्रशासनले आफ्नो कार्य गरिरहेका छन्। हाम्रो एउटै माग रहेको छ परिवारले न्याय पाएको हुनुपर्छl’ उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement