प्राध्यापक सदीप प्रधानद्वारा संकलित एंव सम्पादित पुस्तक ‘सूर्यकाला थापा रचना सञ्चयन’ दार्जिलिङमा लोकार्पित

IMG-20230823-WA0322.jpg

दार्जिलिङ: प्राध्यापक एंव लेखक सदीप प्रधानद्वारा संकलित एंव सम्पादित पुस्तक ‘सूर्यकाला थापा रचना सञ्चयन’ आज दार्जिलिङमा लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण दार्जिलिङको साउथफिल्ड कलेज सांस्कृतिक समितिको आयोजनामा सम्पन्न भाषा दिवस साथै भानु स्मृति दिवस समारोहमा लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण कार्यक्रमको अध्यक्ष प्रा धनकुमार देवान, मुख्य अतिथि नाट्यभूषण सीके श्रेष्ठ, डा रत्ना मिश्र, सूर्यकला थापाकी छोरी प्राध्यापिका राकाश्री राई, साउथ फिल्ड कलेज नेपाली विभागको प्रमुख प्रा कुशल घिमिरे साथै सम्पादक एंव संकलनकर्ता प्रा सदीप प्रधान आदिको बाहुलीबाट गरिएको छ। दार्जिलिङको नेपाली साहित्य आकाशमा असंख्यौं ताराहरूमाझ एक कुनामा चम्किरहेको तारा हुन् सूर्यकला थापा। कसैले यादै नगरेको र ओझेलमा परेकी सूर्यकला थापाको विषयमा साहित्यकार एंव प्राध्यापक सदीप प्रधानले संकलन एंव सम्पादन गरेर एक असल काम गर्दै दार्जिलिङ्गे साहित्यमा प्रकाश पारेका छन्। सूर्यकला थापा साहित्य अनुरागी, शिक्षाविद्, आध्यात्मिक व्यक्तित्व र स्रष्टा थिइन्। सूर्यकला थापाले आफ्नो जीवनको बहुमुल्य समय दार्जिलिङको समाज र नेपाली भाषा साहित्यको लागि कार्य गरेकी थिइन्।

उनले दार्जिलिङको बीटी कलेजमा प्राध्यापन अनि पछिबाट प्राचार्यको रूपमा काम गरेर आफ्नो कर्म जीवनबाट समय निकालेर उनले शिक्षा, धर्म, साहित्य, नारी जगत, बाल व्यक्तित्व विषयमा विभिन्न लेखादि तयार पारेकी थिइन्। उनले साईबाबा सम्बन्धी तीनवटा ग्रन्थहरू नेपालीमा अनुवाद गरेर प्रकाशित गरिन् साथै नेपाली साहित्यमा दक्ष लेखक एंव अाख्यानकार रुपनारायण सिन्हाको जीवनी अंग्रेजी भाषामा पनि अनुवाद गरी प्रकाशित गरेर अनेपालीहरूमाझ रुपनारायण सिन्हाको परिचय पनि गराइन्। उनै सूर्यकला थापाको विषयमा पुस्तक सम्पादन र संकलन गरेर प्राध्यापक सदीप प्रधानले असल कार्य गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *