गेजिङः गेजिङ जिल्ला अन्तर्गत च्याखुङ उच्चत्तर माध्यमिक विद्यालयमा जिल्ला बाल संरक्षण युनिटको पहलमा आउटरिच परामर्श एवम् सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमको अध्यक्षता सोही विद्यालयका उपप्रचार्य सुमन सिंहले गरेका थिए भने कार्यक्रममा विद्यार्थी लगायत शिक्षकहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत सम्बोधन राख्ने क्रममा डीसीपीयूका परामर्शकर्ता महादेव शर्माले वाल वालिका सम्वन्धि वाल संरक्षण यूनिटद्वारा गरिएको कार्यक्रम र योजनाबारे विस्तृतरूपमा अवगत गराए। सोही प्रकारले डीसीपीयूकी आउटरिच कर्मचारी पालमुला भोटियाले जुविनायल जस्टिस अन्तर्गत (हेरचार अनि संरक्षण) संशोधन ऐन २०२१ र देशको बाल अधिकार कानूनमाथि प्रकाश पारिन्।
यसरी नै नै डीसीपीयूका सामाजिक कार्यकर्ता रिबिना छेत्रीले प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स संशोधन ऐन २०१९, बाल अधिकार, बाल विवाह निषेध अधिनियम साथै विद्यार्थीहरूमाथि हुने दुर्व्वयहार र बेचविखनलाई लिएर विद्यालयमा क्लब गठन गरिनुपर्ने आग्रह गरिन्। यस प्रकारको कल्बले विद्यार्थीहरूलाई उनीहरूको अधिकार हननबारे आवाज उठाउन साथै लडन सिकाउने जानकारी गराइन्। अन्ततः सोही विद्यालयकी प्रचार्यको अधिनस्थ क्लब पनि गठन गरियो।