होमस्टे एसोसिएशन अफ् सिक्किमको कार्यकारी समितिको सभा गान्तोकमा आयोजित

img_1_1692815190571.jpg

गान्तोकः होमस्टे एसोसिएशन अफ् सिक्किमको कार्यकारी समितिको सभा आज गान्तोकमा आयोजन भयो जसले सरकारले घोषणा गरेको मेगा होमस्टे परियोजना विषयमा व्यापक छलफल गरेको छ। कार्यकारी समितिको सभापछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसोसिएशनका अध्यक्ष जिग्मी दोर्जी भोटिया, महासचिव पिञ्चो ग्याछो भोटिया लगायत अन्य सदस्यहरूले सरकारले घोषणा गरेको मेगा होमस्टे परियोजना सञ्चालनका लागि एसोसिएशनले सरकारलाई विभिन्न सुझाउ दिएको बताए। परियोजना राज्य सरकारको पर्यटन विभाग अन्तर्गत लागू हुने भएकाले लाभार्थी चयनको क्रममा होमस्टे चल्नसक्ने गाउँ र सञ्चालन योग्यतामाथि विशेष ध्यान पुऱ्याउनु पर्ने सुझाउ विभागलाई दिइएको बताए।

लाभार्थी चयन गर्ने अधिकार एसोसिएशनसँग नभएको जानकारी दिॅंदै तथापि एसोसिएशनले सबै जिल्लामा सर्वेक्षण गरेर होमस्टे सञ्चालनका लागि सम्भावित स्थानको जानकारी विभागलाई गराइएको बताए। सिक्किममा होमस्टे सञ्चालनका लागि ठोस नियम पर्यटन विभागमा नरहेका कारण कतिपय मानिसहरूले होमस्टेका नाममा होटल सञ्चालन गरिरहेका कारण यस्ता विषयमा पर्यटन विभाग सक्रिय रहेक सठिक जाँच गर्नुपर्ने र सहि रूपमा होमस्टे चलाउनेहरूलाई न्याय दिनुपर्ने विषयमा पनि सभामा छलफल भएको बताइएको छ।

होमस्टे सञ्चालहरू एकजुट भएर तीन वर्ष अघि गठन भएको एसोसिएशनले राज्यका पञ्जिकृत होमस्टेलाई लिएर वेबसाइट तयार पारिरहेको जसको माध्यमबाट पर्यटकहरूले सही जानकारी पाउन सक्ने पत्रकार सम्मेलनमा एसोसिएशनका सदस्यहरूले जानकारी गराए। अघिल्लो सरकारले पनि राज्यमा होमस्टे योजना सञ्चालन गरेर मानिसहरूलाई सहयोग पुऱ्याएको साथै लगभग ७१० होमस्टे निर्माण गरेर सञ्चालकहरूलाई तालिम गराएको, तर व्यवस्थित ढङ्गमा वितरण नगरिएका कारण परियोजना असफल भएको एसोसिएशनका सदस्यहरूले जानकारी दिएका छन्। यसपल्ट सरकारले एक हजार होमस्टे निर्माण गर्ने मेगा परियोजना अघि बढाएका कारण सबै होमस्टे सञ्चानसित सम्बन्धित सबै पक्षलाई ध्यानमा राखेर काम नगरे परियोजना सफल नहुने उनीहरूको भनाइ छ। जानकारी गराइन्छ, एसकेएम सरकारले घोषणा गरेको मेगा होमस्टे परियोजना अन्तर्गत राज्यमा एक हजार होमस्टे निर्माण गरिने छ जसको निर्माण ढाँचा भोटिया, लेप्चा र नेपाली जातिका पारम्परिक घर आधारित रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *