गान्तोकः रिजर्भ ब्याङ्क अफ् इण्डिया (आरबीआई), गान्तोकले जून,२०२३ मा समाप्त भएको त्रैमासिकका लागि एमएसएमई क्षेत्रलाई ऋण प्रवाहको समीक्षा गर्नका लागि २१ अगस्त, २०२३ मा गान्तोकमा सिक्किमको लागि एमएसएमईमा अधिकार प्राप्त समितिको १४ औँ बैठक बोलायो। आरबीआई गान्तोकका क्षेत्रीय निर्देशक (आरडी) किशोर परियारको अध्यक्षतामा सम्पन्न बैठकमा नाबार्ड, सिक्किमका महाप्रबन्धक (जीएम) एसके गुप्ता, जीएम तथा एसएलबीसी संयोजक एनके सिंह; वाणिज्य तथा उद्योग विभागका अधिकारीगण; सिडबी; सिक्किम उद्यमशीलता तथा आर्थिक विकास (सिड) सहित बैठकमा सिक्किममा सञ्चालित विभिन्न ब्याङ्कका १२ जना महाप्रबन्धक र चारजना उपमहाप्रबन्धकहरू उपस्थित थिए।
आफ्नो उद्घाटन सम्बोधनमा आरडी, आरबीआई गान्तोक किशोर परियारले भारतीय अर्थव्यवस्थाको समावेशी वृद्धिलाई बढावा दिन एमएसएमई क्षेत्रले खेलेको निर्णायक भूमिकामाथि जोड दिए। उनले सिक्किम राज्यभित्र एमएसएमई क्षेत्रलाई वित्तीय सहयोग प्रदान गर्न ब्याङ्कहरूको निरन्तर वृद्धिको लागि प्रशंसा गरे। बैठकमा ३० जून, २०२३ मा समाप्त भएको त्रैमासिकको लागि एमएसएमई क्षेत्रभित्र महत्त्वपूर्ण उपलब्धिहरूमाथि खुलासा गरियो। विशेष रूपमा, प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम (जीएमईजीपी) अन्तर्गतको ऋण ३० जून, २०२३ मा समाप्त भएको त्रैमासिकमा प्रभावशाली ८४.८० प्रतिशतले बढेको छ, जसले ३१ मार्च, २०२३ मा समाप्त भएको अघिल्लो त्रैमासिकको तुलनामा उल्लेखनीय वृद्धि दर्शाउँछ।
क्षेत्रको बलियो प्रदर्शनलाई प्रकाश पार्दै ब्याङ्कहरूले एमएसएमई ऋणमा पीएम कार्य दल अन्तर्गत माइक्रो खाताहरूमा वर्ष दर वर्ष (वाई-ओ-वाई) ९.६१ प्रतिशत को वार्षिक वृद्धि हासिल गरेर प्रभावशाली प्रगति देखाए। यो वृद्धि १० प्रतिशत वर्ष दर वर्ष वृद्धिको वाञ्छित लक्ष्यसम्म पुग्ने नजिक पुगेको छ। यस अतिरिक्त, एमएसएमई ऋणको लागि ब्याङ्कहरूको प्रतिबद्धता सूक्ष्म तथा लघु उद्यम (एमएसई) क्षेत्रका लागि बकाया ऋणमा वर्ष दर वर्ष २१.०३ प्रतिशत वृद्धिले स्पष्ट थियो, जसले २०þ को निर्धारित वार्षिक लक्ष्य पार गर्यो। सूक्ष्म उद्यमहरूको व्यापकता एक केन्द्र बिन्दु थियो, जसले सूक्ष्म र लघु उद्यमहरूलाई कुल ऋण वितरणको ६९.३८þ थियो, जो एमएसएमई ऋणमा पीएम कार्य दलद्वारा निर्धारित ६० प्रतिशत लक्ष्यभन्दा अधिक थियो।