गूडविल कप: जलपाईगढ़ी पुलिस विजय

1d576f3a-8e98-4a78-93a8-1fa430c4a37a

कालचिनीः गत २० अगस्तको दिनदेखि राजाभात स्पोर्टिङ क्लब अनि फूटबल एकोडेमीको आयोजनामा सम्पन्न हुँदै आईरहेको गूडविल कप फूटबल टूर्नामेन्टको तेस्रो दिनको खेलमा बुधबार जलपाईगढ़ी पुलिस बनाम गयेसपुर स्पोर्ट्स फूटबल क्लबबीच खेलमा जलपाईगढ़ी पुलिस टीमले ७-१ को अन्तरमा गयेसपुर स्पोर्ट्स फूटबल क्लबलाई पराजित गरेको आयोजक कमिटीको पक्षबाट किरण लामाले जनाएका छन्। म्यान अफ दी म्याचको पदक जलपाईगढ़ी पुलिस टीमका खेलाड़ी सुमित उराँवलाई प्रदान गरिएको आयोजक कमिटीको पक्षबाट बताईएको छ।


बिहीबार फाइभ स्टार झापा बनाम जीटीजी घोषपुकुर सिलगढ़ीबीच सम्पन्न हुने राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement