सिलगढी: विवाहको आश्वासन दिएर एक युवतीसँग शारीरिक सम्बन्ध बनाएको आरोपमा एनजेपी पुलिस स्टेशनले एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम कृष्णकान्त रोय हो। उनी अम्बाडीको हाईस्कुलका शिक्षक हुन्। बिहेको बहानामा यी शिक्षकले एक युवतीसँग विगत ३ वर्षदेखि शारीरिक सम्बन्ध राखेको आरोप छ । पछि विवाहको कुरा गर्दा उनले युवतीको परिवारसँग विवाहका लागि १५ लाख रुपियाँ मागे। त्यसपछि बालिकाले शिक्षकविरुद्ध एनजेपी पुलिस थानामा शारीरिक दुव्र्यवहारको उजुरी दिएकी थिइन्। उजुरीका आधारमा पुलिसले शिक्षकलाई पक्राउ गरेको हो। पक्राउ परेका शिक्षकलाई बुधबार जलपाइगढी अदालतमा पठाइएको छ। तर पक्राउ परेका शिक्षकले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्।