कूचबिहार: उत्तर बङ्गाल राज्य यातायात कर्मचारी युनियनले ११ बुँदे मागलाई लिएर उत्तर बंगाल राज्य यातायात निगमलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार सङ्गठनका नेताहरूले उत्तर बंगाल राज्य यातायात निगमको मुख्यालयमा गएर विरोधसहित ज्ञापनपत्र बुझाए। आजको मागमा उत्तर बङ्गाल राज्य यातायात संस्थानको निजीकरण गर्ने प्रक्रिया तत्काल बन्द गरि कर्मचारीलाई तत्काल नियमित गर्ने व्यवस्था गरियोस् लगायतका धेरै माग समेटिएका छन्।










