आफ्नो निधनको खबरलाई खण्डन गरे हीथ स्ट्रीकले

IMG-20230823-WA0153.jpg

२३ अगस्तः जिम्बाब्वेका पूर्व क्रिकेटर तथा दिग्गज अलराउण्डर हीथ स्ट्रीकले आफ्नो निधनको खबरहरूको खण्डन गरेका छन्। स्ट्रीकले यी खबरहरूलाई झूटो बताउँदै उनी जीवित र स्वस्थ्य रहेको जानकारी दिएका छन्। उनले भने, म जीवित अनि ठीक छु। अहिले म बुलावायो स्थित आफ्नो फार्ममा छु। उपचार चलिरहेको छ तर म स्वस्थ्य छु। उल्लेखनीय छ, स्ट्रीकको निधन भएको खबर उनकै साथी खेलाड़ी हेनरी ओलंगाले फैलाएका थिए। उनले बिहान ट्वीट गरेर स्ट्रिकको लामो बिमारीपछि निधन भएको जानकारी शेयर गरेका थिए। यसको केही घण्टापछि ओलंगाले अझ एउटा ट्वीट गरेर जिम्बाब्वेका पूर्व कप्तान जीवित रहेको बताए। ओलंगाले आफ्नो दोस्रो ट्वीटमा लेखेका छन्, हीथ स्ट्रीकको निधनको उड़न्ते खबर व्यापक रूपमा फैलिएको म पुष्टि गर्छु। मेरो उनीसँग कुराकानी भयो। तेस्रो अम्पायरले उनलाई फिर्ता बोलाएका छन्। उनी एकदम स्वस्थ्य छन् साथीहरू।
जिम्बाब्वेका सबैभन्दा गौरवान्वित क्रिकेटरहरूमा एक पूर्व कप्तान ४९ वर्षीय हीथ स्ट्रीक क्यान्सर रोगले पीड़ित छन्। आफ्नो सटीक पेस बलिंगले गर्दा चिनिने स्ट्रीकले दक्षिण अफ्रिकामा उपचार गराइरहेका छन्। स्ट्रीकले २००५-मा ३१ वर्षको उमेरमा सन्न्यास लिएका थिए। उनी अहिले पनि २०० भन्दा अधिक टेस्ट र २०० भन्दा अधिक वनडे इण्टरनेशनल विकेट लिने जिम्बाब्वेका एकमात्र बलर हुन्। उनले २०००-मा जिम्बाब्वेको कप्तानी गरेका थिए। त्यसपछि बोर्ड र टीमबीच विवाद शुरु हुँदा धेरैजना खेलाड़ी राष्ट्रिय टीमबाट हटेका थिए।
आफ्नो असाधारण करियरमा स्ट्रीकले जिम्बाब्वेबाट ६५ वटा टेस्ट म्याच खेलेर २८.१४-को औसतले २१६ विकेट लिए। यसरी नै १८९ वटा वनडे इण्टरनेशनल म्याचमा उनले २९.८२-को औसतले २३९ विकेट लिए। स्ट्रीक विध्वंशी पेस बलरको साथमा तल्लो क्रममा उपयोगी ब्याटर पनि थिए। उनले टेस्ट म्याचमा २२.३५-को औसतले १९९० रन बनाए, जसमा एउटा शतक अनि ११ वटा अर्द्धशतक सामेल छ। टेस्टमा उनको सर्वोच्च स्कोर अविजित १२७ रन रह्यो। यसरी वनडेमा २८.२८-को औसतले २९४२ रन बनाए, जसमा १३ वटा अर्द्धशतक सामेल छ। वनडे इण्टरनेशनलमा उनको सर्वोच्च स्कोर अविजित ७९ रन रह्यो। स्ट्रीकले १९९३-मा पाकिस्तान विरुद्ध असाधारण प्रदर्शनको साथ क्रिकेट जगतमा आफ्नो अगमन दर्ता गरेका थिए। साल २००५-मा इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएरपछि उनले ईंग्लिश काउण्टी क्रिकेट खेल्न शुरु गरेका थिए। खेलाड़ीको रूपमा मात्र नभएर स्ट्रीकले प्रशिक्षकको रूपमा पनि ख्याति अर्जन गरे।

About Author

Advertisement