पश्चिम मेदिनीपुरमा वज्रपातले चारको मृत्यु

light_902-1

पश्चिम मेदिनीपुरः पश्चिम मेदिनीपुर जिल्लामा मंगलवार सॉंझ भएको दुई भिन्न-भिन्नै वज्रपातको घटनाहरूमा चारजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मंगलवार दिउॅंसोदेखि जिल्लामा पानी परिरहेको छ।

पहिलो घटना गडबेताको जोगरडांगा क्षेत्रमा भयो। यहॉं खेतमा काम गरिरहेका किसानहरूमाथि अचानक वज्रपातको चपेटमा परे। मृतकहरूको नाम बिमल मंडी (३७) र गौतम नंदी (३८) बताइएको छ। बिमल मंडी जंगलाबाडी निवासी थिए भने गौतम नन्दी सीतारामपुर निवासी थिए। उनीहरू मंगलवार खेतमा धान रोप्दा वज्रपातको चपेटमा परे। दोस्रो घटनामा खड़गपुर दुई नम्बर ब्लकको लछमापुरमा वज्रपातले दुई व्यक्तिको मृत्यु भयो। यसको चपेटमा परेर तीनजना घाइते भएका छन्। मृतकहरूको नाम ममता साई र वरुण दलुई बताइएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ।

उल्लेखनीय छ, गत केही दिनदेखि उत्तर बंगाल र दक्षिण बंगालका केही ठाउॅंहरूमा भारी वर्षा भइरहेको छ। मौसम विभागले बुधवारदेखि दक्षिण बंगालमा वर्षाको मात्रा अझ बढ्ने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement