कोलकाताः कोलकाता पुलिसको प्रारम्भिक जॉंचमा जादवपुर विश्वविद्यालयको प्रथम वर्षका मृतक छात्रको मुख्य छात्रावासको दोस्रो तलाको कोरिडोरमा नग्न अवस्थामा घुमाइएको पुष्टि भएको छ। उनीमाथि यौन उत्पीड़न भएको पनि पुष्टि भइसकेको छ।एक वरिष्ठ पुलिस अधिकारीले भने, जॉंचकर्ताहरूले छात्रको यौन उत्पीड़न भएको र विश्वविद्यालयका वर्तमान अनि पूर्व छात्रहरूसहित पक्रा परेका १२ जनाले सम्पूर्ण प्रकरणमा सक्रिय भूमिका निभाएको पाएका छन्। किशोरसॅंग निश्चितरूपमा ऱ्यागिङ्ग गरियो र यौन उत्पीड़न पनि गरियो। उसलाई कोठा संख्या ७० मा लुगा फुकाल्न बाध्य गरिएपछि कोरिडोरमा नग्न अवस्थामा घुमाइयो। हामीसॅंग प्रमाणहरू छन्।
उनले भने, कोलकाता पुलिसका जॉंचकर्ताहरूलाई पक्रा पर्ने आरोपितहरू मध्ये एक जनाले बनाएको व्हाट्सएप ग्रुप हात लागेको छ, त्यो पुलिसलाई दिग्भ्रमित गर्न गरिएको थियो। जॉंचमा यो पनि स्पष्ट भएको छ, पक्रा पर्ने व्यक्तिहरूले ऱ्यागिङ्ग भएको थियो भन्ने कुरा लुकाउन पुलिसलाई दिग्भ्रमित गर्ने योजना बनाएको थियो।
-हिस










