मतिगढामा नाबालिग हत्याको कुरालाई लिएर जीटीए चिफ् अनित थापाद्वारा सिलगढीका पुलिस कमिश्नरसित भेट

IMG-20230823-WA0173.jpg

खरसाङ: सिलगढीको मतिगढा क्षेत्रमा नाबालिग हत्या काण्ड विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज बिहान सिलगढीमा पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी, आइपिएससँग भेट गरेका छन्। उक्त घटना र पुलिस कमिश्ननरसित भेटघाट विषयमा जीटीए चिफ् अनित थापाले प्रेस विज्ञाप्ति जारी गर्दै भनेका छन् – ‘उनलाई मैले हत्या काण्डको जाँचलाई शीघ्रता दिँदै आरोपीलाई उचित सजाय दिनु पर्ने मेरो मात्र होइन जनता अनि परिवारको मांग विषय अवगत गराएको छु।
यो घटनाले गोर्खा समाजलाई मात्र होइन सम्पूर्ण मानव जातिलाई नै विचलित बनाएको छ। आरोपी पक्रा परेको छ।

आरोपीलाई पुलिस रिमाण्डमा लगिएको छ।’
उनले अघि भनेका छन् -‘हत्या काण्डलाई कुनै जातीय रङ्ग दिने काम कसैले नगरोस्। न त कुनै राजनैतिक रङ्ग। पुलिस प्रशासनले आफ्नो कार्य गरिरहेका छन्। हाम्रो एउटै मांग रहेको छ परिवारले न्याय पाएको हुनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement