२३ अगस्तः पूर्व वर्ल्ड च्याम्पियन भारतीय ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुको खराब फर्म जारी रह्यो। डेनमार्कको राजधानी कोपेनहेगनमा जारी बीडब्ल्यूएफ वर्ल्ड च्याम्पियनशीपमा सिन्धुले हारको सामना गर्नु पऱ्यो। यसरी युवा लक्ष्य सेनले चाहिँ कोरियाका जियोन ह्यूक जिनलाई सीधा गेममा पराजित गरी वर्ल्ड च्याम्पियनशीपको तेस्रो राउण्डमा स्थान बनाए। वर्ल्ड च्याम्पियनशीपमा ५ वटा पदकको साथ सबैभन्दा सफल भारतीय खेलाड़ी सिन्धुलाई जापानकी नोजोमी ओकुहाराले सजिलैसँग २१-१४, २१-१४-ले पराजित गरिन्।

सिन्धुको जापानकी खेलाड़ी विरुद्ध कुनै शीप चलेन। ओकुहाराले वर्ल्ड च्याम्पियनशीपमा २०१७-मा स्वर्ण अनि २०१९-मा रजत पदक जितेकी थिइन्। यसरी १६औं वरीयता प्राप्त सिन्धु आफ्नो करियरमा पहिलोपल्ट वर्ल्ड च्याम्पियनशीपको क्वार्टर फाइनलमा पुग्न सकिनन्। यसरी दुई साल वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जित्ने लक्ष्य सेनले विश्वका ५१औं नम्बरका कोरियाई खेलाड़ीलाई २१-११, २१-१२-ले पराजित गरे। एघाह्रौं वरीयता प्राप्त लक्ष्य सेनको अघिल्लो राउण्डमा थाईल्याण्डका तेस्रो वरीयता प्राप्त कुनलावतसँग भिड़न्त हुनसक्छ।