२३ अगस्तः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा गत वर्षहरू झैं यस वर्ष पनि खुल्ला नक्आउट फूटबल टुर्नामेण्ट। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा हुने यस टुर्नामेण्टको शुरुवात ५ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३००० रुपियाँ तोकिएको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति ३० अगस्त रहेको छ। टुर्नामेण्टको गत संस्करणमा जर्जियन युनाइटेड एफसी च्याम्पियन भएको थियो।