जिम्बाब्वेका पूर्व क्रिकेट हीथ स्ट्रीकको निधन

IMG-20230823-WA0153.jpg

२३ अगस्तः जिम्बाब्वेका सबैभन्दा गौरवान्वित क्रिकेटरहरूमा एक पूर्व कप्तान हीथ स्ट्रीकको बुधवार ४९ वर्षको उमेरमा निधन भयो। उनी क्यान्सर रोगले पीड़ित थिए। आफ्नो सटीक पेस बलिंगले गर्दा चिनिने स्ट्रीकले दक्षिण अफ्रिकामा उपचार गराइरहेका थिए। स्ट्रीकका बलिंग पार्टनर हेनरी ओलंगाले महान अलराउण्डरको निधनमा शोक व्यक्त गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, हीथ स्ट्रीक अलग स्थानमा गएको दुखद खबर सुन्न पाए। रेस्ट इन पीस जिम्बाब्वे क्रिकेट लीजेण्ड। हाम्रो सबैभन्दा महान अलराउण्डर। तपाईंसँग खेल्नु खुशीको कुरा रह्यो। उल्लेखनीय छ, स्ट्रीकले २००५-मा ३१ वर्षको उमेरमा सन्न्यास लिएका थिए। उनी अहिले पनि २०० भन्दा अधिक टेस्ट र २०० भन्दा अधिक वनडे इण्टरनेशनल विकेट लिने जिम्बाब्वेका एकमात्र बलर हुन्। उनले २०००-मा जिम्बाब्वेको कप्तानी गरेका थिए। त्यसपछि बोर्ड र टीमबीच विवाद शुरु हुँदा धेरैजना खेलाड़ी राष्ट्रिय टीमबाट हटेका थिए।
आफ्नो असाधारण करियरमा स्ट्रीकले जिम्बाब्वेबाट ६५ वटा टेस्ट म्याच खेलेर २८.१४-को औसतले २१६ विकेट लिए। यसरी नै १८९ वटा वनडे इण्टरनेशनल म्याचमा उनले २९.८२-को औसतले २३९ विकेट लिए। स्ट्रीक विध्वंशी पेस बलरको साथमा तल्लो क्रममा उपयोगी ब्याटर पनि थिए। उनले टेस्ट म्याचमा २२.३५-को औसतले १९९० रन बनाए, जसमा एउटा शतक अनि ११ वटा अर्द्धशतक सामेल छ। टेस्टमा उनको सर्वोच्च स्कोर अविजित १२७ रन रह्यो। यसरी वनडेमा २८.२८-को औसतले २९४२ रन बनाए, जसमा १३ वटा अर्द्धशतक सामेल छ। वनडे इण्टरनेशनलमा उनको सर्वोच्च स्कोर अविजित ७९ रन रह्यो। स्ट्रीकले १९९३-मा पाकिस्तान विरुद्ध असाधारण प्रदर्शनको साथ क्रिकेट जगतमा आफ्नो अगमन दर्ता गरेका थिए। साल २००५-मा इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएरपछि उनले ईंग्लिश काउण्टी क्रिकेट खेल्न शुरु गरेका थिए। खेलाड़ीको रूपमा मात्र नभएर स्ट्रीकले प्रशिक्षकको रूपमा पनि ख्याति अर्जन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement