नयाँ दिल्ली: भारतको चन्द्रयान–३ मिसन चन्द्रमाको निकै नजिक पुगेको छ। यसको अवतरण पनि भोलि बेलुका हुँदैछ। अवतरण स्थल पहिचान भइसकेको र समय पनि लगभग तय भइसकेको छ। सारा विश्वको नजर चन्द्रयान–३ मा टिकेको छ। यसैबीच कोइम्बटूरका एक लघु कलाकारले सुनौलो चन्द्रयान बनाएका छन्। यी कलाकारले ४ ग्राम सुन प्रयोग गरेर ल्यान्डर विक्रमको सानो मोडल बनाएका छन्। यसको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
यो मोडल बनाउने कलाकार मरियप्पनले भने, ‘जब पनि यस्तो ठूलो घटना हुन्छ, म सुनको मिनिएचर बनाउँछु। यो हरेक भारतीयका लागि गर्वको क्षण हो। यस मिसनमा काम गर्ने सबै वैज्ञानिकहरूलाई मेरो सम्मान प्रकट गर्न मैले यो सुनको मोडेल बनाएको छु। यसलाई बनाउन ४८ घण्टा लागेको थियो भने ४ ग्राम सुनको प्रयोगका कारण यसको मूल्य पनि करिब २५ हजार रुपियाँले बढेको छl’